प्रधानमन्त्री देउवा र सुष्मा स्वराजबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच प्रधानमन्त्री निवास बालुवाटरमा भेटवार्ता भएको हो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगाल खाडीको प्रयोग (बिमस्टेक) बैठकमा सहभागी हुन आज मात्रै स्वराज काठमाडौं आएकी हुन् ।
भेटमा पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणबारे छलफल भएको थियो ।
मन्त्रीस्तरीय बिमस्टेक बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ ।