टिभिएसको नयाँ मोटरसाइकल 'स्ट्राइकर–१२५'
टिभिएस मोटर्स कम्पनीले टिभिएस स्ट्राइकर–१२५ सार्वजनिक गरेको छ ।
नेपालका लागि टिभिएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ईको थ्रष्ट इन्जिनयुक्त स्ट्राइकर सार्वजनिक गरेको हो ।
स्ट्राइकरमा ईलेक्ट्रिक स्टार्ट, एलइडी टेल ल्याम्प, डिजिटल स्पीडोमिटर, ट्युबलेस टायरलगायतका विशेषता रहेका छन् ।
मोटरसाइकलले ६७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
अभिनेता निखिल उप्रेती स्ट्राइकर–१२५ को ब्राण्ड एम्बेस्डरको रूपमा आबद्ध भएको जगदम्बा मोटर्सले जनाएको छ ।
तीन रङ्गमा उपलब्ध टिभिएस स्ट्राइकर–१२५ को मूल्य १ लाख ७४ हजार ९०० तोकिएको छ ।