फिफा वरियतामा नेपाल एक स्थान माथि
फिफाको विश्व वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ ।
आज फिफाले सार्वजनिक गरेको वरियताअनुसार नेपाल १६९औं स्थानमा उक्लिएको हो ।
यसअघि नेपाल १७०औं स्थानमा थियो । त्यस्तै विश्व वरियतामा ब्राजिल पहिलो र जर्मनी दोस्रो स्थानमा छ ।
सार्क मुलुकहरुमा भारत सबैभन्दा माथि अर्थात् ९७औं स्थानमा छ । त्यस्तै माल्दिभ्स १४२, अफगानिस्तान १५६, भुटान १६५, बंगलादेश १८९, श्रीलंका १९७ र पाकिस्तान २००औं स्थानमा छ ।