भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा
भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आएकी छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयोग (बिम्स्टेक)को १५औं बैठकमा सहभागी हुन स्वराज काठमाडौं आएकी हुन् ।
काठमाडौंमा दुई दिनसम्म चल्ने बिम्स्टेक बैठकको उद्घाटन आज साँझ हुँदैछ ।
मन्त्री स्तरिय उक्त बैठकको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।