टाटाको टिगोर बजारमा
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको टिगोर सार्वजनिक गरेको छ ।
रिभोटर्न १.२ लिटर पेट्रोल इन्जिन, पेट्रोल भेरियन्ट र मल्टी ड्राइभ मोड (इको र सिटी)मा उपलब्ध कारमा डुयल एयर ब्याग, एन्टी ब्रेकिङ सिस्टक (एबीएस) लगायतका विशेषता रहेका छन् । त्यस्तै ड्यूअलपाथ, फ्रन्ट र रियर सस्पेन्सन, क्यामेरा सहितको रिभर्स पार्क लगायतका विशेषता रहेको सिप्रदीले जनाएको छ ।
एक्सई, एक्सटी, एक्सजेड, र एक्सजेड–ओ भेरियन्टमा उपलब्ध टाटा टिगोर कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू र बेरी रेड सहित ६ रंगमा उपलब्ध छ ।
टिगोरमा टाटा मोटसर््ले ४ वर्ष वा ७५ हजार किलोमिटर वारेण्टी रहेको जनाएको छ ।
टिगोरको शुरुआती मूल्य रु.२३ लाख ४५ हजार तोकिएको छ ।