हात्तीको आक्रमणबाट बालकको मृत्यु
हात्तीको आक्रमणबाट पर्सामा एक बालकको मृत्यु भएको छ ।
पर्साको सुवर्णपुर गाउँपालिका-२ इच्छानगरका ११ वर्षीय रिजन प्रजाको हातिको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट २५ साउन राती २ बजे गाँउ पसेको हात्तीको बथानले उनको घर भत्काएको थियो । घर छोडेर भाग्दा रिजनमाथि आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
२६ साउन बिहान घर भन्दा दुई सय मिटर पर बारीमा उनको शव भेटिएको ईलाका प्रहरी कार्यालय, ठोेरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए । उनी कक्षा ४ मा अध्यनरत थिए ।
-जियालाल साह, पर्सा