कला/साहित्यबुधवार, श्रावण २५, २०७४

२७ साउनबाट ‘संरक्षण’ देशभर प्रदर्शन हुने

हिमालखबर

मधेश आन्दोलन र राजनीति सम्बन्धि कथावस्तु समेटेको चलचित्र ‘संरक्षण’ २७ साउनबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्र प्रवद्र्धनका लागि चलचित्रको टोली अहिले तराई–मधेशमा व्यस्त छ । रिलिज हुन दुई दिन बाँकी रहँदा ‘संरक्षण’ को टोली आज वीरगञ्ज आईपुगेको छ । बिर्तामोडबाट यात्रा शुरु गरी दमक, धरान, जनकपुर हुँदै आज, वीरगञ्ज आईपुगेको फिल्मको टोलीले यहाँ पत्रकार सम्मेलन गरेको छ ।

२५ साउनमा आयोजित पत्रकार समेलनमा निर्माता नरेन्द्र महर्जनले ‘संरक्षण’ २७ साउनेदेखि देशभरका ८० वटा हलमा एक साथै प्रर्दशन हुने बताए ।

रु १ करोडको लगानीमा निर्माण गरिएको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ । पुणेन्द्र झाको निर्देशन रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन र परवेश मल्लिकको संगीत छ ।

फिल्मको ट्रेलर युट्युबमा यसअघि नै सार्वजनिक भइसकेको छ । फिल्मलाई चलचित्र विकास बोर्डले पीजी सर्टिफिकेट दिएकाले १६ वर्ष भन्दा मुनीकाले अभिभावकको साथमा रहेर मात्र हेर्न पाउने छन् ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस