निर्धारित समयमै मेलम्ची आयोजना सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
आज आयोजनाको स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्रीले निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने भन्दै आवश्यक सहयोगको लागि सरकार तयार रहेको बताएका हुन् ।
कूल २७.५ किलोमिटर सुरुङसहितको मेलम्ची खानेपानी आयोजना आगामी पुस महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाकाअनुसार अब २.१९ किमी सुरुङ खन्न बाँकी छ ।