वर्लपुलको पानी प्रशोधक यन्त्र
अमेरिकन कम्पनी वर्लपुलले पानी प्रशोधक (वाटर प्युरिफायर) नेपाली बजारमा भित्र्याएको छ ।
वर्लपुलको प्युराट्रोन वाटर प्युरिफायरमा भएको इलेक्ट्रो एडस्रोप्सन प्रविधिले पानीलाई शुद्ध बनाउने कम्पनीको दाबी छ ।
यसमा रिभर्स अस्मोसिस प्रविधिको प्रयोग गरिएको छ । प्रशोधनको क्रममा पानी खेर नजाने यसको विशेषता रहेको वर्लपुलले जनाएको छ ।
अमेरिकी, युरोपेली तथा एशियाली मुलुकमा वर्लपुलले वार्षिक २१ अर्ब बराबरको इलेक्ट्रोनिक्स सामानको व्यापार गर्दै आएको छ ।