वन्यजन्तुको अध्ययन गर्न क्यामरा ट्रयापिङ
चितवनको टिकौली जंगलस्थित जैविक मार्ग (करिडोर) क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे अध्ययन गर्न क्यामरा जडान गरिएको छ ।
भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने राजमार्गबाट वन्यजन्तु वारपार गर्दा परिरहेको असर अध्ययन गर्न क्यामरा ट्रयापिङ–विधिको प्रयोग गरिएको हो ।
राजमार्ग आसपास १६ स्थानमा ३२ वटा क्यामरा जडान गरी अनुगमन शुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अवस्था, मानवीय र सवारी चापका कारण परेको असरबारे अध्ययन हुने पोखरेलले बताए ।
उक्त क्षेत्रमा रहेका वन्यजन्तुको सुरक्षामा चुनौती थपिएपछि अहिले गाडी रोक्नसमेत निषेध गरिएको छ । रासस