डा केसीको समर्थनमा सरकारी चिकित्सक आन्दोलित, सेवा बन्द गर्ने चेतावनी
चिकित्सा शिक्षामा जारी वेथिति अन्त्यको माग गर्दै ११ औं पटक अनशन गरिरहेका प्रा डा गोविन्द केसीको समर्थनमा सरकारी चिकित्सक संघ (गोडान) आन्दोलित भएको छ ।
डा केसी अनशनमा बसेको १६ दिन भइसक्दा पनि सरकारले उनका माग प्रति बेवास्ता गरेकोमा गोदानले ‘घोर निन्दा’ गर्दै नेपालभरका सरकारी स्वास्थ्य संस्थामा दबाबमूलक विरोधका कार्यक्रम गर्ने जनाएको छ ।
विरोधका कार्यक्रम अनुसार भोलि २५ साउनबाट देशभरका सरकारी चिकित्सकहरु हातमा कालोपट्टी बाँधेर काममा सहभागी हुनेछन् ।
डा केसीको जीवनरक्षाका लागि ठोस कदम नचालिए सरकारी अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सुविधाहरु बन्द गर्न बाध्य भइने पनि गोडानले जनाएको छ ।