राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ ।
आज ललितपुरमा बसेको पार्टीको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको राप्रपाले जनाएको छ ।
गत आइतबार, २२ साउनमा मात्रै पशुपतिशम्शेर राणा लगायतका नेताहरु पार्टीबाट अलग्गिएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए । पार्टी विभाजनको असर सरकारलाई दिइएको समर्थनमा पनि देखिएको हो ।
राप्रपाले समर्थन फिर्ता लिए पनि देउवासँग सरकार सञ्चालनका लागि संसदमा बहुमत कायमै छ ।