सामसङको जे–सेभेन म्याक्स बजारमा
सामसङ इलेक्ट्रोनिक्सले सामसङ ग्यालेक्सी जे–सेभेन म्याक्स नेपाली बजारमा भित्र्याएको छ ।
यसमा फिङ्गर प्रिन्ट सेन्सर, फेस रिकग्निसन, ४ जिबी र्याम तथा ३२ जिबी मेमोरी लगायतका विशेषता रहेको सामसङ इलेक्ट्रोनिक्सले जनाएको छ । जे सेभेन म्याक्समा ३३ सय एमएएचको ब्याट्री र ५.७ को एचडी डिस्प्ले रहेको छ ।
जे–सेभेन म्याक्समा १३ मेगापिक्सलको फल्यास सहितको फ्रन्ट क्यामेरा रहेको छ ।
कालो र गोल्डेन रंगमा उपलब्ध जे–सेभन म्याक्सको मूल्य २८ हजार २९० रुपैयाँ तोकिएको छ ।