कला/साहित्यमंगलवार, श्रावण २४, २०७४

‘तिरे–जिरे–ब्रेकफेल गाईजात्रा’ शुरु

हिमालखबर

आजदेखि काठमाडौंको प्रज्ञा भवनमा ‘तिरे–जिरे–ब्रेकफेल गाईजात्रा’ शुरु भएको छ ।

कार्यक्रममा तितो सत्य, जिरे खुर्सानी र ब्रेकफेल हाँस्य टेलिश्रृखलाका कलाकारहरूको प्रत्यक्ष प्रस्तुति रहने छ ।

कार्यक्रममा दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, किरण केसी, मनोज गजुरेल, शैलेन्द्र सिंखडा, राजाराम पौडेल, दमन रुपाखेतीको प्रस्तुति रहनेछ ।

त्यस्तै पूर्ण थापा, रवि डंगोल, मनोज आचार्य, टीका भण्डारी, शिवहरि बैरागी, सविता गुरुङ, निरज नेपाल, कविता शर्मा, सरिष्मा मगरलगायतका कलाकारको पनि प्रस्तुति रहनेछ ।

कार्यक्रम ३ भदौसम्म चल्ने आयोजक कारोबार मिडियाले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस