दुबै चुनावको तयारी गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
आज निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले चुनावी खर्च कम गर्न र तोकिएकै समयमा चुनाव सम्पन्न गर्न दुबै चुनावको तयारी गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले निर्वाचन सम्बन्धी दुई ऐन संसद्बाट पारित हुने चरणमा पुगेको र क्षेत्र निर्धारण आयोगले पनि तोकिएकै मितिमा प्रतिवेदन बुझाउने भन्दै निर्वाचनको तयारीमा लाग्न आग्रह गरे ।
निर्वाचन आयोगका पदाधिकारीहरूले भने दुबै चुनाव एकैपटक गर्न विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नुपर्ने धारणा राखेका छन् । समयअभावका कारण मतदाता शिक्षा, मेसिन खरिद लगायतमा भने समस्या पर्न सक्ने आयोगले जानकारी गराएको छ ।