रेनेगेडका नयाँ मोटरसाइकल बजारमा
आईएमई ग्रुपअन्तर्गतको आईएमई अटोमोटिभ्स् प्रा.लि.ले भारतको उत्तराखण्डस्थित यूएम इन्डिया कम्पनीमा निर्मित ‘रेनेगेड ३००’ मोटरसाइकल भित्र्याएको छ ।
२२ साउनमा पत्रकार सम्मेलन गरी ‘रेनेगेड कमान्डो ३००’ र ‘रेनेगेड स्पोर्ट एस ३००’ मोटरसाईकलको बिक्री सुरु भएको जनाएको छ । यो मोटरसाइकल बढी माइलेज दिने, आकर्षक डिजायन र डिजिटल मिटरहरु भएको कम्पनीले जनाएको छ ।
रेनेगेड कमाण्डो ३०० को मूल्य रु.चार लाख ९२ हजार र रेनेगेड स्पोर्ट एस ३०० को मूल्य रु.चार लाख ९९ हजार रहेको छ ।
त्यस्तै यूएम ब्रान्डकै रेनेगेड क्रुजर ३०० र रेनेगेड स्पोर्ट ३०० को पनि बिक्री भइरहेको आईएमई अटोमोटिभ्स्ले जनाएको छ ।
पत्रकार सम्मेलनमा आईएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल, आईएमई अटोमोटिभ्सका निर्देशक सन्दिप अग्रवाल र सुमन पोखरेल, आईएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी र यूएम इन्डियाका पंकज सिंह उपस्थित रहेका थिए ।