भरतपुरमा रेणु दाहाल निर्वाचित
चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छन् ।
दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा पनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् ।
शाहले ४७ हजार १९७ मत ल्याएर निर्वाचित भइन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्याशर्मा आचार्यले ३९ हजार ५२५ मत पाएकी छन् ।
भरतपुर वडा नम्बर १९ को मतगणनाको क्रममा १४ जेठ राति माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो ।
मतपत्र च्यातिएपछि सर्वोच्चको आदेशअनुसार २० साउनमा पुनः मतदान गराइएको थियो ।