देवी र रेणुबीच ४ मतको अन्तर
भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालबीचको मतान्तर ४ मा झरेको छ ।
२० नम्बर वडाको १,६०० मत गणना हुँदा दुई उम्मेदवारबीचको मतान्तर ४ मा खुम्चिएको हो ।
पछिल्लो परिणामअनुसार नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ४१८ मत पाएका छन् भने कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले ४२ हजार ४१४ मत पाएकी छन् ।
वडा नं २० को ३,३०० मतमध्ये १,६०० मत गणना भइसकेको छ ।