मतान्तर घटाउँदै रेणु, देवी १७० मतले अगाडि
भरतपुर महानगरपालिकाको जारी मतगणनामा कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले मतान्तर घटाउँदै लगेकी छन् ।
वडा नं १९ बाट मतान्तर २२१ मा झारेकी दाहालले २० नम्बर वडाको ४०० मत गणना हुँदा १७० मा पुर्याएकी छन् ।
पछिल्लो अपडेटअनुसार नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ६९ मत ल्याएका छन् भने कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले ४१ हजार ८ सय ९९ मत ल्याएकी छन् ।