पहिरोमा परी एकै परिवारका चारसहित छ जनाको मृत्यु
बाग्लुङको निसीखोला गाउँपालिका–२ मा गएको पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६८ वर्षीय मणिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा भेटिएको प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए ।
त्यस्तै पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको मृत्यु भएको छ भने पहिरोमा परी बेपत्ता निसीखोला गाउँपालिका–१ हुल्दीकी ७५ वर्षीया खगिसराको पनि शव फेला परेको छ ।
भीषण वर्षापछि गएराति ठाउँ–ठाउँमा गएको पहिरोले धनजनको क्षति पुर्याएको हो । रासस