भरतपुर १९ मा मतदान सम्पन्न, आजैबाट मतगणना हुने
भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतदान सम्पन्न भएको छ ।
१९ नम्बर वडाको कुल ३,८९७ मतदाताबाट २,८७० मत खसेको छ । पहिलो चरणमा भएको निर्वाचनमा भने २,८९७ मत खसेको थियो ।
बिहान ७ बजे शुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।
अहिले मतपेटिका सङ्कलनको काम भइरहेको र आजैबाट मतगणना शुरु हुने न्यौपानेले बताए ।