मणिग्राममा गोली चल्यो
रुपन्देही जिल्लाको मणिग्राममा अज्ञात समूहले गोली चलाएको छ । २० साउन मध्यान्ह मोटरसाईकलमा आएका दुई जनाले मणिग्रामस्थित श्रीशा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरेर गोली चलाएका थिए । भण्डारीलाई गोली नलागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दीपक ज्ञवाली, बुटवल