कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत १० वैशाखदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा सार्वजनिक गरेको छ ।
२० साउन बिहान बसेको बोर्ड बैठकपछि विज्ञान संकायको नतिजा सार्वजनिक गरिएको हो । परीक्षामा नियमिततर्फ ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकोमा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले बताए । परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको छ ।
त्यसैगरी आंशिकतर्फ नौ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकोमा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । परीक्षामा तीनजना परीक्षार्थीको परीक्षा रद्ध भएको छ ।
अन्य विषयको नतिजा भने १५ भदौसम्म सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जनाएको छ । रासस