भरतपुर–१९ मा मतदान जारी
भरतपुर महानगरपालिका वडा नं १९ मा आज बिहान ७ बजेदेखि पुनः मतदान शुरु भएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार वडा नम्बर १९ मा पुनः मतदान भएको हो ।
बिहान ७ बजेदेखि तीन मतदानस्थलमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी गराएका छन् ।
मतगणना अवरुद्ध हुनुअघि सार्वजनिक भएको परिणामअनुसार नेकपा एमालेका मेयर उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० र नेपाली कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १९४ मत पाएकी छन् ।
वडा नम्बर २० को तीन हजार ३०२ मत गणना गर्न बाँकी छ भने मतदान जारी रहेको वडा नं १९ मा ३ हजार ८९७ मतदाता छन् ।