खोलाले बगाएर कपिलवस्तुमा ३ जनाको मृत्यु
खोलाले बगाएर कपिलवस्तुका बिभिन्न स्थानमा ३ जनाको मृत्यु भएको छ ।
विसहवा खोलाले बगाउँदा विजयनगर गाउँपालिका–१ नौडिहवाका ४५ वर्षीय पुस्ते सुनार र आफन्तको घरमा आएका रोल्पाका ५० वर्षीय मित्रे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । १८ साउन राती खोला तर्ने क्रममा वेपत्ता भएका दुबैको १९ साउनमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोजजङ्ग शाहले बताए ।
त्यस्तै वाणगंगा नगरपालिका–११ का १७ वर्षीय सागर चौधरीको खोलाले बगाएर मृत्यु भएको छ । १८ साउन दिउसो भैसी चराउन गएको बेला खोलाले बगाएर वेपत्ता भएका सागरको १९ साउनमा शव भेटिएको छ ।
-गोपाल भण्डारी, कपिलवस्तु