समाचारबिहिबार, १९ श्रावण , २०७४

सिलवालको मुद्दा 'हेर्दाहेर्दै'मा

हिमालखबर

प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाई आजपनि नसकिएपछि 'हेर्दाहेर्दै'मा राखिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा सुनुवाई हुँदाहुँदै नसकिएपछि अर्को सुनुवाई २६ साउनका लागि तोकिएको छ ।

यसअघि सिलवालको मुद्दा २२ असारबाट आजका लागि तोकिएको थियो ।  रासस

प्रतिकृया दिनुहोस