समाचारबिहिबार, १९ श्रावण , २०७४

बेलका नगरपालिका–४ का प्रतिनिधिलाई काम नगर्न अदालतको आदेश

हिमालखबर

उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले अन्तरिम आदेश दिएको छ ।

१८ साउनमा उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज नेपाल र दीपेन्द्रबहादुर वमको संयुक्त इजलासले काम नगर्न अन्तरिम आदेश दिएको हो ।

बेलका नगरपालिकाको वडा नं ४ मा मतगणना गर्दा खसेको मतभन्दा चार मत बढी देखिएपछि विवाद भएको थियो ।

सोही विषयलाई लिएर उच्च अदालत ओखलढुंगामा माओवादी केन्द्र र कांग्रेसका उम्मेदवारले रिट निवेदन दिएका थिए ।

सो वडाबाट एमाले वडाअध्यक्ष सहित प्यानलै निर्वाचित भएको छ । रासस

प्रतिकृया दिनुहोस