समाचारबुधबार, १८ श्रावण , २०७४

संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित

हिमालखबर

व्यवस्थापिका–संसद्को बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग र आदिवासी जनजाति आयोगसम्बन्धी अलग–अलग तीन विधेयकलाई पारित गरेको छ ।

संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिमा दफावार छलफलपछि प्राप्त प्रतिवेदनसहितको विधेयकको परिमार्जित रुपलाई आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

ती विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छन् । नेपालको संविधानअनुसार तीे संवैधानिक आयोग हुन् ।

यसैगरी, बैठकमा जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) पहिलो संशोधन, विधेयक २०७४ प्रस्तुत भएको छ ।

संसद्को अर्काे बैठक २० साउन दिउँसो १ बजे बस्नेछ । रासस

 

प्रतिकृया दिनुहोस