एप्पल वल्रडमा मोबाइल एक्सचेन्ज मेला
आजदेखि दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्डमा स्मार्टफोन एक्सचेन्ज मेला शुरु भएको छ ।
कुनै पनि ब्राण्डका पुराना स्मार्ट फोनसँग नयाँ स्मार्टफोन साट्न सकिने एप्पल वल्र्डले जनाएको छ ।
मेलामा मोबाइल खरिद गर्दा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, आइफोन, एलजी, कलर्सलगायत ब्राण्डका मोबाइल उपलब्ध रहेको कम्पनीले जनाएको छ ।