जिसस जाजरकोटमा कांग्रेस–माओवादी गठबन्धन निर्वाचित
जिल्ला समन्वय समिति जाजरकोटमा नेपाली कांग्रेस–माओवादी गठबन्धन निर्वाचित भएको छ ।
संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सह–संयोजकमा नेपाली कांग्रेसका ज्ञानीप्रसाद शर्मा निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समितिका लागि आज भएको निर्वाचनमा कुल १४ मतमध्ये रावलले ८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोरे कार्कीले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गठबन्धनको तर्फबाट संयोजकसहित चार पदमा माओवादी केन्द्रले र सह–संयोजकसहित पाँच पदमा कांग्रेसले उम्मेदवारी दर्ता गरेका थिए ।
जाजरकोटका सातवटा स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १४ जनाले जिल्ला समन्वय समितिको नौ पदका लागि मतदान गरेका थिए । रासस