समाचारबुधबार, १८ श्रावण , २०७४

म्याग्दी जिससमा गोलाप्रथा, संयोजकमा एमाले निर्वाचित

हिमालखबर

म्याग्दी जिल्ला समन्वय समितिको लागि गोलाप्रथा गरिएको छ ।

गोलाप्रथाबाट जिल्ला समन्वय समिति संयोजकमा एमाले र उपसंयोजकमा नेपाली कांग्रेसका प्रतिनिधि चयन भएका छन् ।

मनोनयन दर्ता गर्नुअघि १७ साउनमा कांग्रेस र एमालेका नेताहरुको सहमतिअनुसार गोलाप्रथा गरेर संयोजक, उपसंयोजक र सदस्य संख्याको टुंगो लगाइएको थियो ।

गोलाप्रथाद्वारा संयोजकमा एमालेका देवेन्द्र केसी र उपसंयोजकमा नेपाली कांग्रेसका लोकबहादुर मल्ल निर्वाचित भएका छन् ।

गोला थुत्दा संयोजकसहित चार सदस्य पाएको एमालेले दुई सदस्य राप्रपालाई दिएको छ । त्यसैगरी, उपसंयोजक र चार सदस्य पाएको कांग्रेसले एक सदस्य माओवादी केन्द्रलाई दिएको छ ।

म्याग्दी जिल्ला समन्वय समितिको चुनावमा मताधिकार भएका १२ मध्ये छ कांग्रेसका, पाँच एमालेका र एकजना मतदाता राप्रपाका थिए ।

प्रतिकृया दिनुहोस