सामसङको क्यूलेड टिभी
सामसङ इलेक्ट्रोनिक्सले क्युलेड टिभी बजारमा ल्याएको छ ।
यसमा हाई डाइनामिक रेन्ज (एचडीआर) र क्वान्टम डट प्रविधि प्रयोग भएको छ । मेटलको प्रयोग र आधुनिक प्रविधिका कारण यसमा वास्तविक रङ देख्न सकिने कम्पनीले दाबी गरेको छ ।
अफ एङ्गल भ्यूइङ र ३६० डिग्रीको डिजाइनले दृश्यलाई वास्तविक अनुभूति दिने साससङको दाबी छ ।
नेपालमा हाल दुई मोडलमा क्युलेड टिभी उपलब्ध छन् । जसमध्ये क्यूए–५५–क्यू–७ को मूल्य ४ लाख ५० हजार र क्यूए–६५–क्यू–८ को मूल्य ६ लाख ५० हजार तोकिएको छ ।
दुवै मोडलमा किस्तावन्दीको सुविधासमेत उपलब्ध भएको कम्पनीले जनाएको छ ।