थप समाचारमंगलवार, श्रावण १७, २०७४

ओविसिएको सातौँ सम्मेलन सम्पन्न

हिमालखबर

जर्जीयाका दिलीप दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गर्दै पुनर्वास भुटानीहरूको अमेरिकास्थित छाता सङ्गठन ओविसिएको सातौँ सम्मेलन सम्पन्न भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा म्यासाचुसेट्सका आइत राई, सचिवमा कोलोराडोका जिदन राई र कोषाध्यक्षमा कनेक्टिकटका पदम भारती चयन भएका छन् ।

दाहाल यसअघिको कार्यकालमा उपाध्यक्ष रहेका थिए ।

उक्त अवसरमा पत्रकार गोपाल गडतौला, ओआरआरका अधिकृत करेन पार्डे, ह्याविटाट फर ह्युमेनिटीका नेव्रास्का अधिकारी डेविड किज, भुटानी रेफ्री जितु बस्नेत, ओविसिएका संस्थापकहरु डिजे खालिङ, डिएस घलेलगायतलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा भुटानी शरणार्थीबारे तयार फिल्म देश खोज्दै जाँदा समेत प्रदर्शन गरिएको थियो ।

सन् २००८ देखि संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगले मानवीय सहायता स्वरूप भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास शुरु गरेको थियो ।

गोपाल गडतौला

 

प्रतिकृया दिनुहोस