थप समाचारसोमवार, श्रावण १६, २०७४

शिक्षा पत्रकारिता पुरस्कार रौनियार र पौडेललाई

हिमालखबर

यो वर्षको शिक्षा पत्रकारिता पुरस्कार नागरिक दैनिककी पत्रकार रुवी रौनियार र एडुखबर डटकमका श्रीधर पौडेलले प्राप्त गरेका छन् ।

शिक्षालय मासिक र आजको आवाज मिडियाको आयोजनामा सम्पन्न १३औं वाईवाई नेशनल एकजुकेशन अवार्डमा पत्रकारद्वयलाई नगद ५ हजार सहित शिक्षामन्त्री गोपालमान श्रेष्ठले अवार्ड हस्तान्तरण गरेका हुन ।

स्कुल अफ दि इयर, वेष्ट टिचर, क्रिएटिभ, राइजिङ, वाईवाई ज्ञान उदयलगायत १२ विधामा अवार्ड वितरण गरिएको कार्यक्रम निर्देशक बालमुकुन्द आचार्यले जानकारी दिए ।

कार्यक्रममा सामुदायिक तर्फबाट कीर्तिपुरको जनसेवा मावि सर्वोत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भयो भने संस्थागत विद्यालयतर्फ स्वयम्भूको एक्सेलसियर मावि उत्कृष्ट घोषित भएको छ । त्यस्तै २५ हजार नगद सहितको वाईवाई ज्ञानज्योती पुरस्कार त्रिपद्म विद्याश्रमका छात्राहरु मन्दिरा श्रेष्ठ तथा अनुशा थापामगरले प्राप्त गरेका छन् ।

लाइफटाइम एचिभमेन्ट अवार्ड निष्ट कलेजका संस्थापक प्रिन्सिपल डा. माधव बराललाई प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस