निर्माण भएको तीन महीना नपुग्दै भत्कियो पुल
इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा निर्माण सम्पन्न भएको तीन महीना नपुग्दै झोलुङ्गे पुल भत्किएको छ ।
वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । स्थानीयबासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चाँजुमा बल्लतल्ल बनेको पुल पनि निर्माण भएको तीन महिना नपुग्दै भाँचिएपछि स्थानीयबासिन्दा आक्रोशित बनेका हुन् ।
नवनिर्मित २०४ मिटर लम्बाइको उक्त पुल झोलुङ्गेपुल महाशाखाले ७० लाखको लागतमा निर्माण गरेको थियो । रासस