एकैपटक दुई निर्वाचन असम्भवः प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक गर्न असम्भव भएको बताएका छन् ।
व्यवस्थापिका–संसद् सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उनले दुवै निर्वाचन एकैपटक गर्दा चारवटा मतपत्र आवश्यक पर्ने भन्दै असम्भव रहेको बताएका हुन ।
मतपत्रलगायत निर्वाचन सामग्रीको उत्पादन, ढुवानी, मतदाता शिक्षा, नामावली सङ्कलन, मतदानस्थलको व्यवस्थापन जस्ता कारण पनि एकै पटक दुईवटा निर्वाचन असम्भव रहेको उनको भनाइ थियो । त्यस्तै दुवै निर्वाचन एकै पटक गर्दा मतपत्र मात्रै सात करोड छपाइ गर्नुपर्ने समेत उनले जानकारी दिए ।