कला/साहित्यआइतवार, श्रावण १५, २०७४

वन्यजन्तु र प्रकृतिसम्बन्धी फोटो प्रदर्शनी

हिमालखबर


अन्तर्राष्ट्रिय बाघ दिवशको अवसरमा नेपालगञ्जमा ‘नेपाल वाइल्डलाइफ एण्ड नेचर फोटो’ प्रदर्शनी भएको छ ।

वन्यजन्तु संरक्षण अभियान, फोटोग्राफी र पर्यटनको विकासमा थोरै भएपनि योगदान पुगोस भन्ने उद्देश्यले फोटो प्रदर्शन आयोजना गरिएको आयोजक अन्तरालका टिमलिडर जयनारायण शाहले बताए ।

अन्तराल फोटो बैङ्कको सहकार्यमा आयोजित प्रदर्शनीमा १५० फोटो प्रदर्शन गरिएको थियो । दुईसम्म चलेको प्रदर्शनीमा पाटेबाघ, गैडा, विभिन्न वन्यजन्तु, चराचुरुङ्गी र प्रकृतिका तस्वीरहरु राखिएका थिए ।

प्रदर्शनीको १४ साउनमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्सेर राणा र उपमेयर उमा थापामगरले प्रदर्शनीमा राखिएका तस्वीरहरुको फोटो खिचेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस