पीएलओको डिलर सम्मेलन बैंककमा
पूर्वाञ्चल ल्यूव आयल (पीएलओ)को डिलर सम्मेलन थाइल्याण्डको बैंककमा शुरु भएको छ ।
सम्मेलनका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली १४ साउनमा काठमाडौंबाट बैंकक प्रस्थान गरेको हो ।
आजबाट १९ साउनसम्म चल्ने डिलर्स सम्मेलनसँगै थाइल्याण्डका विभिन्न शहरको भ्रमण गराउने कार्यक्रम रहेको पीएलओ लुब्रिकेन्टसका निर्देशक कृष्णप्रसाद दुलालले जानकारी दिए ।
पूर्वान्चल ल्यूब आयलले पीएलओ, मेगा तथा स्टार लुब्रिकेन्टसको उत्पादन र वितरण गर्दै आइरहेको छ । पीएलओले हरेक वर्ष उत्कृष्ट डिलरहरुलाई विभिन्न देशको भ्रमणसमेत गराउँदै आएको छ ।