सामसङको “उत्सवको उमंग” योजना
सामसङ इलेक्ट्रोनिक्सले 'उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग' योजना ल्याएको छ ।
योजनामा सहभागी हुन सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्टफोन खरिद गर्नु पर्नेछ । फोन खरिद गरेकै आउटलेटबाट “विदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ” भन्ने फारम भर्नुपर्नेछ ।
प्राप्त फारममध्ये उत्कृष्ट ५ जवाफ लेख्ने व्यक्तिले ४ दिन ३ रातको मलेसिया, कतार, साउदी अरेबिया, युएई वा दक्षिण कोरियामा गई आफन्तसँग दशैं मनाउने अवसर पाउनेछन् । विजयीले आफूसँगै यात्रामा परिवारका एक सदस्यलाई पनि लैजान पाउने सामसङले जनाएको छ ।