‘डा केसीका माग पूरा गर ’
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको बेथिति अन्त्यको माग गर्दै ११औं पटक अनशन बसेका डा गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंमा प्रदर्शन भएको छ ।
काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शनमा चिकित्सक, व्यवसायी, विद्यार्थी, विवेकशील साझा पार्टी र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।
नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको प्रदर्शनका सहभागीले डा केसीका माग पूरा गर्न र सरकारको विरोधमा चर्को नाराबाजी गरेका थिए ।