विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक काफ्लेद्वारा राजीनामा
नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक मुकेश काफ्लेले पदबाट राजीनामा दिएका छन् ।
आज, २४ भदौ विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनले राजीनामा पत्र बुझाएका हुन् ।
उनको कार्यसम्पादन कमजोर रहेको भन्दै ऊर्जामन्त्री जनार्दन शर्माले राजीनामा दिन दबाब दिएका थिए।
काफ्ले सुशील कोइराला नेतृत्वको सरकारको पालामा विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।
काफ्लेले पछिल्लो राजनीतिक सहमति र बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै आफूले राजीनामा दिएको बताएका छन्।