डा. केसीसँगको वार्ता निष्कर्षविहीन
चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्नेलगायतका माग राखेर अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच १३ साउनमा भएको वार्ता निष्कर्षविहीन भएको छ .
आजको वार्ता निष्कर्ष विहिन भएपछि सरकारी टोली भोलि पुन: पूर्वतयारीका साथ वार्तामा आउने भएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा डा केसी र सरकारी वार्ता टोलीबीच भएको वार्ता सकारात्मक भएको बताउँदै मन्त्रालयले डा.केसीका माग संसद र विश्वविद्यालयसँग सम्बन्धित भएकाले सो निकायसँग समेत छलफल गरी १४ साउनमा पुनः वार्ता गरिने जनाएको हाे ।
डा. केसीले अनसन प्रारम्भ गरेपछि सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित वार्ता टोली बनाएको थियो ।