प्रहरी सहायक निरीक्षक मृत फेला
उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको शव १३ साउन बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ ।
१२ साउन राति ११ बजे सुतेका गुरुङको शव आज बिहान मकैबारीमा फेला परेको जानकारी आएको प्रहरी नायव निरीक्षक दीपेन्द्र पंजियारले बताए । उनले अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पठाएको बताए ।
धादिङबेसीबाट घटनास्थलको दूरी ३५ किमी रहेको र कच्ची बाटो भएकाले वर्षाका कारण अहिले सिधै गाडी चल्न नसकी सल्यानटारको बाटोबाट रिम्नेसम्म फोरह्विल भएको सानो गाडीमा गई त्यहाँबाट तीनघण्टा पैदल हिँड्नु पर्ने हुन्छ । रासस