डा केसीसँग वार्ता गर्न सरकारद्वारा टोली गठन
चिकित्सा शिक्षामा सुधारको माग गर्दै आमरण अनशनमा रहेका प्राडा गोविन्द केसीसँग वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिवलाई सदस्य तोकिएको छ ।
चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने लगायतका माग राख्दै डा केसी ९ साउनदेखि अनशनमा छन् ।
सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अबदेखि अनशन नै गर्नु नपर्ने गरी डा केसीका माग सम्बोधन हुने बताएका छन् ।