२०औं वर्षमा एनआईसी एशिया ब्यांक
एनआईसी एशिया ब्यांक लिमिटेड २०औं वर्षमा प्रवेश गरेको छ ।
ब्यांकले मोरङको विराटनगरबाट १९ वर्षअघि क्षेत्रीय ब्यांकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल ब्यांक लिमिटेडको नाममा सेवा शुरु गरेको थियो ।
२०७० मा ब्यांक अफ एशियासँग मर्ज भएपछि एनआईसी एशिया ब्यांक लिमिटेडको नामबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
ब्यांकले ११९ शाखा, चार विस्तारित काउण्टर, ८० एटीएम तथा ४,००० रेमिट्यान्स काउण्टरलगायतको सञ्जालमार्फत सेवा प्रवाह गरिरहेको छ । ब्यांकले चालू आर्थिक वर्षभित्र २०० शाखा पुर्याउने लक्ष्य लिएको छ ।
एनआईसी एशिया ब्यांक लिमिटेड २०औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा विभिन्न सामाजिक क्रियाकलापमा समेत सक्रिय भएको छ । ब्यांकले हालै ललितपुरको भैंसेपाटीस्थित अनाथ बालबाटिका संघमा शैक्षिक एवं खाद्य सामग्री वितरण गरेको छ । साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । एनआईसी एशिया ब्यांकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत थप कार्यक्रमको आयोजना गर्दै जाने उल्लेख गरेको छ ।