भारतः नीतीशकुमारले बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिए
भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
उनले राज्यका निमित्त गभर्नर केशरीनाथसमक्ष राजीनामा बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वर्तमान अवस्था आफू अनुकुल नभएकोले राजीनामा दिएको बताएका छन् ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले अन्तरात्माको आवाजबाटै कुनै निकास नदेखेर आफूलाई सत्ताबाट अलग गर्नु परेको समेत बताए ।
नेता लालूप्रसाद यादवका छोरा एवम् उपमुख्यमन्त्री तेजस्वी यादवमाथि भ्रष्टाचारको आरोप लागेपछि उनको सत्ता गठबन्धन घटकसँग खटपद पर्दै आएको थियो ।
उनले ‘बिहारको हित हुने भए’ भारतीय जनता पार्टीसँग गठबन्धन गरेर सरकार बनाउने विषयमा विचार गर्न सकिने बताएका छन् ।