नेपाल यू–१९ विश्वकपमा छनोट हुन सकेन
एसीसी यू–१९ एसिया छनोटको अन्तिम खेलमा अफगानिस्तानसँग ९६ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना टुङ्गिएको छ ।
१० साउनमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जाड्रनले १०१ रन बनाएका थिए । नेपालका लागि शहाव आलमले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएका थिए ।
प्रतिउत्तरमा नेपाल ४० दशमलव ३ ओभरमा ९९ रनमै समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४८ रन बनाए भने अरुले खासै राम्रो खेल्न सकेनन् । अफगानिस्तानका लागि युसुफ जाजइले ४ र मुजीबले ३ विकेट लिए ।
नेपाललाई पराजित गरेको अफगानिस्तान १२ अंकसहित समूहको शिर्षस्थानमा रहदै यू–१९ विश्वकपका लागि छनोट भएको छ । प्रतियोगिताका ६ खेलमध्ये अफगानिस्तानसँगका दुबै खेलमा पराजय भोगेको नेपाल ८ अंकसहित दोस्रो स्थानमा रहेको थियो ।