भरतपुर मुद्दा आज पनि 'हेर्दाहेर्दै'मा
चितवनको भरतपुर महानगरपालिका वडा नं १९ को मुद्दाको सुनुवाई आज पनि सकिएको छैन ।
सुनुवाई नसकिएका कारण मुद्दा 'हेर्दाहेर्दै'मा राखिएको छ । मुद्दाको अर्को पेशी १२ साउनमा तोकिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।
भरतपुर १९ को मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुन:मतदान गराउने निर्णय गरेको थियो । आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १९ नं वडाका एमाले वडाध्यक्षका उम्मेदवार गुञ्जमान विकले रिट दायर गरेका थिए ।