बाग्लुङमा जीप दुर्घटना, चारजनाको मृत्यु
बाग्लुङको बढीगाड गाउँपालिका– ५ मा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
जलजलाबाट ग्वालीचौरतर्फ जाँदै गरेको ध १ ज १८४ नम्बरको जीप दुर्घटना हुँदा बढीगाड गाउँपालिका– ४ का २७ वर्षीय तुलबहादुर पुन, सोही ठाउँका ३९ वर्षीय हरमन काउचा, वडा नं ८ का ३६ वर्षीय नारायण सेरबुजा र वडा नं ५ का ६० वर्षीय मुक्तबहादुर पाइजाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए ।
घाइते हुनेमा टेकबहादुर पाइजा, बालमती पाइजा, दिपेश पाइजा, दिपशिखा पाइजा, भीमबहादुर श्रीस र भीम सेरबुजा रहेकाे प्रहरीले जनाएको छ । रासस