प्रधानन्यायाधीशद्वारा आयोगका अध्यक्ष दासलाई शपथ
प्रधानन्यायाधीश गोपाल पराजुलीले निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमलनारायण दासलाई पद तथा गोपनियताको शपथ गराएका छन ।
सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश पराजुलीले आयोगका अध्यक्ष दासलाई पद तथा गोपनियताको शपथ गराएका हुन ।
सोही समारोहमा अध्यक्ष दासले सदस्य माधव अधिकारी, डा. विश्वकल्याण पराजुली र गणेशराज कार्कीलाई पनि पद तथा गोपनियताको शपथ गराए ।
सरकारले ५ साउनमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । आयोगका सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल रहेका छन् । रासस